२४ घण्टामा थपिए ३८ कोरोना संक्रमित, एक जना बिते

२४ घण्टामा थपिए ३८ कोरोना संक्रमित, एक जना बिते

पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ सय १८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ सय ८४ जनामा गरिएको पीसीआर परीक्षणमा ३१ जना र १५ सय ३२ जनामा गरिएको एन्टीजेन परीक्षणमा सात जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जनाको ज्यान गएको छ ।

योसँगै सक्रिय कोरोना संक्रमितको संख्या ११ सय २२ पुगेको छ ।

टिप्पणीहरू