सलाम एयर ओमानबाट १६६ यात्रु लिएर काठमाडौं अवतरण !

सलाम एयर ओमानबाट १६६ यात्रु लिएर काठमाडौं अवतरण !

ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्वन्धित देशका राजदूतावासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदूतावाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदूतावाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताउनु भयो ।

टिप्पणीहरू