राष्ट्रपतिविरुद्ध आज पनि विद्यार्थीले गरे नाराबाजी

राष्ट्रपतिविरुद्ध आज पनि विद्यार्थीले गरे नाराबाजी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोपमा सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन् । आज उनीहरूले राष्ट्रपतिविरुद्ध काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

संघीय संसदको दुवै सदनबाट दोस्रो पटकसमेत पारित भई शीतल निवासमा पठाइएको १५ दिनसम्म पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण नगरी निस्क्रिय भएपछि गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनहरुको हिजो बसेको बैठकले आन्दोलनको घोषणा गरेको थियो । सोही अनुसार उनीहरुले आज राष्ट्रपतिको पछिल्लो कदमलाई असंवैधानिक ठहर गर्दै सडकमा नाराबाजी गरेका हुन् ।

त्यसैगरी सत्ता गठबन्धन दलको हिजै बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको निश्कर्ष निकालेको थियो । हिजो बिहानैदेखि राजधानीका साथै मुुलुकका विभिन्न भागमा राष्ट्रपतिविरुद्ध नाराबाजी र पुत्ला दहनसमेत भएको छ ।

टिप्पणीहरू