राष्ट्रपतिको समर्थनमा महेश बस्नेतको घर नजिकै दीप प्रज्वलन

राष्ट्रपतिको समर्थनमा महेश बस्नेतको घर नजिकै दीप प्रज्वलन

राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको सर्वत्र बिरोध र आलोचना भइरहँदा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पूर्ण समर्थन गरेको छ । एमाले नेता महेश बस्नेतको उपस्थितिमा आज दिउँसो नयाँ बानेश्वरमा राष्ट्रपतिको समर्थनमा स्वागत र्याली निकालिएको थियो ।

उता भक्तपुरमा पनि राष्ट्रपतिको समर्थनमा दीप प्रज्वलनको कार्यक्रम राखिएकोछ । संघले राष्ट्रपतिको कदमलाई साहसिक भन्दै त्यसप्रति उच्च सम्मान व्यक्त गर्न अहिले सूर्य विनायक चोकमा दीप प्रज्वलनको तयारी गरेको हो ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सर्वत्र आलोचना भएको छ । संवैधानिक रुपमा दोस्रो पटक स्वतः १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने विधेयक नगरेपछि अहिले राष्ट्रपतिको उक्त कदमको समर्थन र विरोधमा जुलुस, नाराबाजी र प्रदर्शन भएको हो ।

टिप्पणीहरू