प्रतिनिधिहरु वार्तामा बस्ने, डा. केसी नमान्ने

प्रतिनिधिहरु वार्तामा बस्ने, डा. केसी नमान्ने

चिकित्सा शिक्षा सुधारको माग गर्दै गत नौ दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई पक्षबीच वार्ता भएको हो ।

यसअघि सरकारले डा. केसीसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् । डा.केसीको पक्षबाट डा.जीवन क्षेत्री र डा.प्रितम सुवेदी छलफलमा बसेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राखी पटक–पटक अनसन बसेका डा. केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पछिल्लो पटक भदौ २७ गतेदेखि धनगढीमा २० औं सत्याग्रह सुरु गरेका हुन् । अनसनकै क्रममा उनी अस्वस्थ भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनदेखि उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि काठमाडौँ ल्याउने सरकारको प्रयास असफल भएको छ । थप उपचारको निम्ति राजधानी ल्याउन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक आज रित्तै फर्किएको छ । डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गरिएको छ ।

टिप्पणीहरू