बिहारमा चट्याङबाट २१ जनाको मृत्यु

बिहारमा चट्याङबाट २१ जनाको मृत्यु

भारतको बिहार राज्यमा पछिल्लो २४ घण्टामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । उनीहरु सबैले खेतबारीमा कृषिकर्ममा व्यस्त भएका बेला चट्याङबाट ज्यान गुमाएका हुन् ।

उनीहरु बिहारका १० जिल्लाका हुन् । पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यसैबीच, बिहार सरकारले पीडित परिवारका सदस्यलाई भारु चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू