सिंहदरबारमा चाडपर्वलक्षित बैठक

सिंहदरबारमा चाडपर्वलक्षित बैठक

संसद्को दिगो विकास तथा सुशासन समितिले दशैं, तिहारलगायतका चाडपर्वलाई सुरक्षित बनाउन आवश्यक तयारीको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकले चाडपर्व केन्द्रित शान्ति सुरक्षा, बजार अनुगमन र यातायात व्यवस्थापनलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

चाडपर्वमा हुने अत्यधिक कालोबजारी, महङ्गी र कृत्रिम अभाव, टिकट सहजीकरण, सडक सुरक्षा र चोरी तथा लुटपाट नियन्त्रण र न्यूनीकरणलगायत विषयमा बैठकमा छलफल भएको बताइएको छ । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बसेको बैठकमा गृहसचिव विनोदप्रकाश सिंहलगायत एक दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू