बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहानदेखि बसेको बैठक सकेर नेताहरु लाखापाखा लागेका छन् ।

उक्त बैठकमा नेपाली काङ्ग्रेसबाट नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काको उपस्थिति थियो ।

त्यसैगरी,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल पनि बैठकमा सहभागी हुनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,हिमलाल पुरी,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अन्य नेताहरु पनि बैठकमा सामेल हुनुभयो ।

बैठकमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बारेमा छलफल भएको छ ।

टिप्पणीहरू