भारतबाट फर्केलगत्तै अमेरिका प्रस्थान

भारतबाट फर्केलगत्तै अमेरिका प्रस्थान

परराष्ट्र सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकातर्फ जानुभएको छ । उहाँ न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ७७औँ महासभामा भाग लिन हिजो त्यसतर्फ जानुभएको हो ।

चुनावको मुखमा प्रधानमन्त्री अन्य काममा ब्यस्त हुनुपर्ने र मन्त्री बेलायती महारानीको अन्त्येष्टिमा भाग लिन गएकोले यसपटक उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ ।

यसअघि उहाँ गत साता भारतको दुई दिने भ्रमणमा जानुभएको थियो । सचिव पौड्यालले भारतीय समकक्षी तथा नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्रासँग नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू