रंगेहात समातिएका उपसचिवले घुस लिएको पुष्टि

रंगेहात समातिएका उपसचिवले घुस लिएको पुष्टि

सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

उपसचिव नेपालले प्याराग्लाइडिङ्ग सञ्चालनको लागि लाइनसेन्स उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट छ लाख घुस लिएको अख्तियारको आरोप छ । उनलाई सोही रकम बराबरको जरिवाना मागदाबी गरिएको छ ।

त्यस्तै, उनको गाडीमा फेला परेको १६ लाख रुपैयाँ आफू वहाल रहेको बिबि एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको खुलेको छ । उनलाई फाइदा हुने गरी उक्त रकम सापटी दिई मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै अख्तियारले श्रेष्ठविरुद्ध पनि अदालतमा मुद्दा हालेको हो ।

अख्तियारले श्रेष्ठसँग १६ लाख रकम र कैद सजाय मागदाबी गरेको छ ।

टिप्पणीहरू