संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले भोलि मध्यरात १२ बजेबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयबमोजिम गरिएको बताइएको छ ।

यो कार्यकालको प्रतिनिधिसभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको निम्ति पर्सि र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइने कार्यक्रम छ ।

टिप्पणीहरू