खुकुरी ह्वाइट रम निर्यातबाट विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने दाबी

खुकुरी ह्वाइट रम निर्यातबाट विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने दाबी

नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ ले बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड रम र खुकुरी ह्वाइट रम बजारमा पाइन्छन् ।

खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम भएको बताइएको छ । यसले गर्मीयामका पेयहरूको माग पूरा गर्ने र यसलाई आइसमा हालेर पिउन सकिने जानकारी दिइएको छ । साथै कुनै पनि सफ्ट ड्रिंक्स वा जुसलगायत मिक्सरहरूसँग पनि पिउन सकिने भएकाले ‘खुकुरी ह्वाइट रम’ लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

मोहितो ( : यवष्तय) लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोगबाट बनाइन्छ । ह्वाइट रमको स्थानीय उत्पादन नभएको र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन ह्वाइट रम प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।

नेपालको मौलिक स्वादलाई कायम राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको जानकारी दिइएको छ । यसलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखला सञ्चालन गरिएको दाबी गरिएको छ । यो क्रममा नेपालका सबै प्रिमियम बार र रेष्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महशुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले आफूहरुले रमको आधारभूत पोर्टफोलियोलाई पूर्णता दिएको बताए । ‘हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

टिप्पणीहरू