काभ्रेमा भीषण पहिरो, एकै परिवारका तीन जना बिते

काभ्रेमा भीषण पहिरो, एकै परिवारका तीन जना बिते

काभ्रेपलाञ्चोकमा गए राति आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ मा अविरल वर्षासँगै आएको पहिरोमा स्थानीय ६५ वर्षीया ठूलीमाया तामाङ, उनका ४४ वर्षीय छोरा नीरबहादुर तामाङ र ४० वर्षकी छोरी सावित्री तामाङको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीका अनुसार नीरबहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाइते भएकी ठूलीमायाको उपचारको क्रममा बनेपास्थित शीरमेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

आज बिहान साढे ३ बजेको समयमा ढुंगाखानी नजिकै पहिरो खसेको थियो । अहिले घटनास्थलमा स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्धारमा जुटेको छ ।

टिप्पणीहरू