भारतीय राष्ट्रपतिको पहिलो विदेश भ्रमण, महारानीलाई अन्तिम बिदाइ

भारतीय राष्ट्रपतिको पहिलो विदेश भ्रमण, महारानीलाई अन्तिम बिदाइ

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आगामी शनिवारदेखि तीन दिन बेलायतको भ्रमण गर्न लाग्नुभएको छ । उहाँ भारत सरकारको तर्फबाट शोक प्रकट गर्न शनिवार लण्डन जान लाग्नुभएको हो ।

हालै दिवंगत महारानी एलिजाबेथ द्वितियाको आगामी सोमवार वेस्टमिन्स्टर एबेमा राजकीय अन्त्येष्टि गरिँदैछ । भारतीय विदेश मन्त्रालयले सोही कार्यक्रममा सहभागी हुन राष्ट्रपति लण्डन जान लाग्नुभएको बताएको छ ।

महारानीको स्कटल्याण्डको बालमोरल क्यासलको ग्रीष्मकालीन निवासमा ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । द्रौपदी मुुर्मु राष्ट्रपतिमा निर्वाचित भएपछि हुन लागेको यो नै पहिलो विदेश यात्रा हो । यस अवसरमा हाम्रा परराष्ट्र मन्त्री पनि बेलायत जाने कार्यक्रम छ ।

टिप्पणीहरू