मीटरब्याज पीडितमाथि सरकारले दमन गरेको एमालेको आरोप

मीटरब्याज पीडितमाथि सरकारले दमन गरेको एमालेको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले मीटरब्याजका पीडितलाई राहत दिनुको साटो सरकारले दमन गरेको आरोप लगाएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनले मीटरब्याज पीडितलाई सुरक्षाकर्मी लगाएर सरकारले दमन गरेको बताए ।

न्याय माग्न गएका उनीहरुलाई सरकारले उल्टै लाठी चार्ज गरेको भन्दै सांसद दाहालले आपत्तिसमेत जनाएका छन् । पीडित किसानहरुमाथिको दमन रोक्नुपर्ने बताउँदै उनले भने, ‘मीटरब्याजीहरुले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रुपमा मीटरब्याज असुल गर्दै ठगी भएको कुरा आएको छ । तर ती न्याय माग्न गएकालाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरुको आवाज सुन्नुको साटो दमन गर्ने काम भइरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् ।’

उनले डेंगु रोगको उपचारको निम्ति अतिआवश्यक सिटामोलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

टिप्पणीहरू