पोखरामा पनि फुटपाथ पसल र अवैध संरचना हटाउन ताकेता

पोखरामा पनि फुटपाथ पसल र अवैध संरचना हटाउन ताकेता

काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । गत साता वडा नम्बर ९, महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको भवनमा डोजर चलाएको महानगरपालिकाले कानून मिचेर बनाइएका संरचना हटाउने अभियान थालेको छ ।

महानगरपालिकाको वडा नम्बर ४ र ९ ले आफ्नो क्षेत्राधिकारभित्रका अस्थायी संरचना हटाउन सात दिने सूचना जारी गरेको छ । दुवै वडा कार्यालयले सार्वजनिक सडकमा रहेका फुटपाथ पसल र अनधिकृत संरचना हटाउन सम्बन्धित सबैलाई सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको छ ।

सूचनमा भनिएको छ, ‘सार्वजनिक सडकमा रहेका फुटपाथ पसल र अनधिकृत संरचनाहरु स्वयम् निर्माणकर्ताले हटाई त्यसको व्यवस्थापन गरी वडाको अभियानलाई सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछौं ।’ साथै, कसैले अटेर गरेमा कानूनबमोजिम हटाइने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू