चिनियाँ विशिष्ट पाहुना टोली नयाँ बानेश्वरमा

चिनियाँ विशिष्ट पाहुना टोली नयाँ बानेश्वरमा

चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सु नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएको छ । उहाँ सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ताको निम्ति संसद भवन पुग्नुभएको बताइएको छ ।

सभामुख सापकोटासँग भेटघाट गरेपछि चिनियाँ विशिष्ट पाहुना टोली आजै साँझ आयोजना गरिने रात्रिभोजमा सरिक हुने संसद सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष ली झण्डै एक सय जनाको टोलीको नेतृत्व गर्दै विशेष विमानमा आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्नुभएको हो । उहाँ केहीबेर होटल सोल्टीमा आराम गरेपछि अहिले संसद भवन नयाँ बानेश्वर पुग्नुभएको हो ।

टिप्पणीहरू