कानुनमन्त्री खुमलटारमा,बाबुराम भट्टराई सिंहदरवारमा

कानुनमन्त्री खुमलटारमा,बाबुराम भट्टराई सिंहदरवारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न कानुनमन्त्री गोविन्दप्रसाद शर्मा प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । उहाँहरुबीच हिजो बिहान झण्डै एक घण्टा कुराकानी भएको थियो ।

उता नेपाल समाजवादी पार्टी संसदीय दल अध्यक्षको कार्यकक्षमा सो पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजै भेटवार्ता भएको छ । उहाँहरुबीच चुनावी तालमेल र ३ सीटवारे अपरान्ह ४ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको खुमलटार स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू