राष्ट्रपतिविरुद्ध सडकमा ओर्लने नागरिकताविहीनहरुको घोषणा

राष्ट्रपतिविरुद्ध सडकमा ओर्लने नागरिकताविहीनहरुको घोषणा

राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नागरिकताविहीन संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ । समितिले भोलि १ बजेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

देशभरका नागरिकताविहीन नागरिकलाई काठमाडौँमा भेला भएर आन्दोलनमा साथ दिन समितिले आग्रह गरेको छ । अहिले नागरिकता नपाए फेरि पाँच वर्ष नागरिकताविहीन भएर बस्नुपर्ने भन्दै समितिले आफ्नो अधिकारका लागि आफैं लड्नुपर्ने बताएको छ ।

दोस्रो पटक पनि संघीय संसदका दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुगिसकेको छ । तर, अघिल्लोचोटी जस्तै राष्ट्रपतिले विधेयकमा लालमोहर नलगाउने संकेत दिएपछि नागरिकता पीडितहरु संघर्षमा उत्रिन लागेका हुन् ।

आजै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नागरिकता विधेयक रोकेको विरोधमा राष्ट्रपतिविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू