बिबाहको १० वर्षपछि ललिताले जन्माइन् तिम्ल्याहा शिशु

बिबाहको १० वर्षपछि ललिताले जन्माइन् तिम्ल्याहा शिशु

पर्सामा एक महिलाले एकै पटक तीन वटा शिशु जन्माएकी छन् । पर्सागढी नगरपलिका ९ की ललिता देवी थारुले स्थानीय अस्पतालमा तीन वटा बच्चा पाएकी हुन् ।

दश वर्षअघि वृज थारुसँग बिहे गरेकी ललिताले आईभिएफ प्रविधिबाट गर्भ राखेकी थिइन् । आर्थिक अवस्था कमजोर भएकी उनको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर तीनवटै बच्चा सफलताका साथ निकालेको प्रभु हस्पिटलले जनाएको छ ।

अस्पतालका अनुसार निकै जोखिम मानिएको शल्यक्रियामा एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नवीन झा, नर्स स्टाफ रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुरलगायतको सहभागिता थियो ।व्यथा लागेपछि विभिन्न अस्पतालबाट अन्यत्र लैजान सल्लाह दिइएपछि उनलाई प्रभु हस्पिटल लगिएको थियो । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू