सहकारीको ऋण लिने तर नतिर्नेमा भीईपीका छोराछोरी

सहकारीको ऋण लिने तर नतिर्नेमा भीईपीका छोराछोरी

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सृष्टि राणा रावललाई २१ दिनभित्र कर्जा तिर्न निर्देशन दिएको छ । सहकारीले तोकिएको मितिभित्र ऋण चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

पूर्वगभर्नर तिलकबहादुर रावलकी बुहारीसमेत रहेकी सृष्टिले व्यापारिक प्रयोजनको निम्ति सहकारीबाट ऋण लिएकी बताइन्छ । उनले श्रीमान विनय रावललाई जमानत राखेर कर्जा झिकेको सहकारीले बताएको छ । तर, सम्झौताबमोजिम समय–समयमा बुझाउनुपर्ने साँवा, ब्याजका साथै अन्य दस्तुर नतिरेको र सम्पूर्ण कर्जाको भाखासमेत नाघिसकेको लालीगुराँसले बताएको छ ।

ऋणी तथा जमानी सदस्य सृष्टिलाई सम्पूर्ण कर्जा रकम चुक्ता गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दासमेत संस्थाको कर्जा चुक्ता गर्नेतर्फ चासो नदेखाएको सहकारीको सूचनामा उल्लेख छ ।

तोकिएको समयमा ऋण चुक्ता नगरे ऋणी र जमानीको फोटोसहितको विवरण खुलाई ३५ दिनको सूचना प्रकाशन गर्ने प्रष्ट पार्दै लालीगुराँसले घरजग्गा लिलाम गर्ने चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू