एमाले केन्द्रीय सदस्य माओवादीमा फिर्ता

एमाले केन्द्रीय सदस्य माओवादीमा फिर्ता

तत्कालीन नेकपा विभाजनपछि रामबहादुर थापा बादलसँगै केपी ओली नेतृत्वको एमालेमा लागेका महोत्तरीका नेता टेकबहादुर बलाम्पाकीसहितको एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

एमाले केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज बलम्पाकी दर्जनौँ कार्यकर्तासहित माओवादी मुख्यालय पेरिसडाँडा पुगेर पुरानै घर फर्किएको घोषणा गरेका हुन् । माओवादी प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य मुर्ली मनोहर तिवारी र भूमि आयोगका पूर्वअध्यक्ष तथा एमाले पूर्वकेन्द्रीय सदस्य राजेन्द्र साहसहितका नेताहरु छन् ।उनीहरुलाई मुख्यालयमा आयोजित पार्टी प्रवेश/ध्रुवीकरण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोसल्ला ओढाई स्वागत गर्नुभएको थियो ।

टिप्पणीहरू