पाकिस्तानमाथि प्राकृतिक,मानवीय संकटको चेतावनी

पाकिस्तानमाथि प्राकृतिक,मानवीय संकटको चेतावनी

पाकिस्तानमा पछिल्लो समय देखिएको प्राकृतिक प्रकोपका कारण अकल्पनीय मानवीय संकट उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका कारण मानवीय संकट उत्पन्न हुन सक्ने भनेको छ ।

अविरल वर्षापछि आएको बाढी र पहिरोमा हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

पाकिस्तानमा यो वर्षको बर्षा र त्यसले पारेको असर हालसम्मकै उच्च भएको संगठनको दावी छ । यसलाई जलवायु परिवर्तनको प्रभावका रुपमा लिइएको छ ।

स्वच्छ खानेपानीको अभाव र बाढी पहिरोबाट विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन बिताइरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य वस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको जनाइएको छ ।

गुणस्तरीय आधारभूत सेवाको अभावमा मुलुकका अधिकांश भागमा झाडा पखाला,औलो, डेङ्गुलगायत रोगबाट थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ ।

श्रोत: एसियन युके टिभी

टिप्पणीहरू