बाथरुम बनाउनु छ हजुर !

अाठ वर्षको जागिरले
नाम दियो, अनुभव दियो
तर, अहँ ! दाम दिएन
कहिलेकाहीँ ऊ साेच्थ्याे
दाम नभएर के भाे त !
धेरथोर नाम त छ
यसैमा रमाउन सिक्छु
पलाउँदै गए सपनाहरु
बढ्दै आए रहरहरु
अनि
सपनालाई विपना बनाउन
लक्ष्मी परदेशियाे

पत्रकारिता गर्दा उसले
ऋण काढेर किनेथ्याे माेटरसाइकल
मरितरि जाेडेथ्याे क्यामेरा
वर्षाैँ लागेथ्याे ल्यापटप लिन
ती सबै बेचेर जुटायाे खर्च
अनि सपनालाई पूरा गर्न
लक्ष्मी परदेशियाे

सानाे चारकाेठे घर हाेस्
खुशी र सुखी जिन्दगी हाेस्
धेरै छैनन् उसका सपना
थाहा छैन यी सपना पूरा हुँदा
कतिवटा वैशाख फेरिन्छन्
तर, ऊ बगाइरहेछ
परदेशमा पसिना

एकदिन
एकाबिहानै उसले समाचार देख्यो
राष्ट्रपतिको बाथरुम सजाउन कराेडाैँ खर्च !
अनि लक्ष्मी झस्कियाे
मनमनै गम्याे
अाेहाे ! बाथरुम त मैले पनि बनाउनु छ
अाैँला भाँच्याे, महिना गन्याे
ट्वाइलेट र बाथरुम बनाउन
अब उसले
अरु एक वर्ष भिसा थप्नु छ

कस्तो अचम्मको भाग्य
जनताकाे करबाट काेही बनाउँछन्
लाखाैँकाे जिमखाना
काेही वर्षैपिच्छे फेर्छन् राताे कार्पेट
अनि चर्पी सजाउँछन् कराेडाैँकाे
काेही भने
चर्पी बनाउनकै लागि
भिसा थप्छन् परदेशकाे ।

@Lakshmee_kafle

टिप्पणीहरू