एमालेले भीमबहादुरलाई अछाम–१ बाट उठाउने

एमालेले भीमबहादुरलाई अछाम–१ बाट उठाउने

नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि डा. भीमबहादुर रावलको नाम सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्र नम्बर १ निर्वाचन समन्वय कमिटीको आज बसेको बैठकले डा. रावलको नाम सर्वसम्मत र एकल सिफारिस गरेको हो ।

यसैगरी अछाम क्षेत्र नम्बर २ मा यज्ञबहादुर बोगटीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारको रुपमा छनोट गरिएको एमाले अछामले जनाएको छ ।

एमालेले निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य अन्तर्गत प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ । जसमा प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउद, सीता कुँवर छन् । त्यसकै (ख) मा भने कृष्णप्रसाद जैशी, केशरबहादुर साउद, डिबि साउद र पद्मा तिमिल्सिना न्यौपाने छानिएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (क) मा सात जना छनोट भएका छन् । जसमा बमबहादुर बिसी, भीम विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाही छन् । (ख) बाट चन्द्र बोहरा, शिवप्रसाद उपाध्याय, भीम रावल कालोटोपी, दिपक अधिकारी, भीम जनला, कृष्ण साउद, लिला केसी र टोप शाहीको नाम पनि सिफारिसमा परेको छ ।

टिप्पणीहरू