साँझ परेपछि माओवादी अध्यक्ष शीतल निवासमा

साँझ परेपछि माओवादी अध्यक्ष शीतल निवासमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ शीतल निवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताको लागि अध्यक्ष प्रचण्ड साँझ ७ बजे राष्ट्रपति कार्यालय, शीतल निवास पुग्नुभएको बताइन्छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट हुबहु पारित भएर शीतल निवास जाने क्रममा राष्ट्रपति भण्डारीले विधेयकका पक्षधर र विपक्षीहरुसँग निरन्तर भेटवार्ता गर्नुभएको छ । सोही क्रममा उहाँले आज अध्यक्ष दाहाललाई भेट दिनुभएको हो ।

यसअघि राष्ट्रपतिसँग प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टीका नेताहरुसँग भेट गरिसक्नुभएको छ । विधेयक फिर्ता गर्नुअघि उहाँले अधिकारवादी तथा अभियन्ता भनिएकाहरुसँग मात्र भेट गर्नुभएको थियो ।

टिप्पणीहरू