अखिलले थाल्यो त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष

अखिलले थाल्यो त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष‘ कार्यक्रमको घोषणा गरेको छ । नेविसंघको तालाबन्दीका कारण लामो समयदेखि अस्तव्यस्त त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि चौतर्फी दबाब बढिरहेका बेला सत्तागठबन्धन दलकै भ्रातृ संगठनले ‘त्रिवि बचाउ संघर्ष‘ अभियान शुरु गरेको हो ।

संघर्षका कार्यक्रम सार्वजनिक गर्दै क्रान्तिकारीले आजदेखि आगामी बुधबारसम्म २४ सै घण्टा विश्वविद्यालय खुला रहने गरी अभियान थालेको जानकारी दिएको छ ।

क्रान्तिकारीले विम्वात्मक रूपमा विश्वविद्यालय २४ घण्टा खुल्ला राख्ने चेतावनी दिएको छ । त्रिविको पढाइ सुचारु गर्ने र सबै तहका कार्यकक्ष खुला राख्ने अखिलको दाबी छ ।

टिप्पणीहरू