सम्पर्कका माओवादी नेता मुख्यालयमा बसे

सम्पर्कका माओवादी नेता मुख्यालयमा बसे

आगामी संघ तथा प्रदेशको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको सत्तारुढ नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक शुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो २ बजेदेखि बसेको बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,सचिव लीलामणि पोख्रेल, हितमान शाक्यलगायतका नेताहरु पनि सहभागी छन् ।

अध्यक्ष प्रचण्डसहितका नेताहरुले यसअघि प्रदेश १,लुम्बिनी,बागमती र उपत्यका विशेष कमिटीलाई प्रशिक्षण दिइसकेका छन् । कर्णाली, सुदुरपश्चिम,गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको माओवादीले जनाएको छ ।

टिप्पणीहरू