मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा फोटो हाल्ने झापाली युवा थुनामा

मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा फोटो हाल्ने झापाली युवा थुनामा

सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फोटो पोष्ट गर्ने एक युवा पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका-४ का २२ वर्षीय राजु बिमलीलाई भ्रामक प्रचार गरेको भन्दै प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

विर्तामोडका मेयर पवित्रा महतारा र उपमेयर नगेन्द्रप्रसाद संग्रौला हराएको भन्दै अस्ति राति राजुले तस्बीरसहित फेसबुकमा पोष्ट गरेका थिए । त्यसपछि उनलाई घरैबाट समातेर आवश्यक कारबाहीका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू