मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह हुन् ।

हिजो साँझ वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको बा.७१ प २९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री साह गम्भीर घाइते भएका थिए । त्यसपछि साहको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू