एमालेसँग डराएर गठबन्धनमा सङ्ख्या थप्दैछन : ओली

एमालेसँग डराएर गठबन्धनमा सङ्ख्या थप्दैछन : ओली

नेकपा एमालेका अध्यक्ष खडग प्रसाद शर्मा ओलीले सरकार एमालेसँग डराएर गठबन्धनको सङ्ख्या बढाउन लागेको आरोप लगाउनुभएको छ । आजदेखि शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले आफ्नो पार्टीले पाएको लोकप्रिय मत देखेर सत्ता गठबन्धन डराएको पनि बताउनुभयो ।

‘स्थानीय चुनावमा एमालेले प्राप्त गरेको मतसँग तर्सिएर अहिले गठबन्धनको सङ्ख्या थप्दैछ । सात पुगिसक्यो अझै कति पुर्‍याउने हुन्’, ओलीले भन्नुभयो, ‘पाँच दल एमालेसँग एक्लै लड्न डराएर सङ्ख्या थप्दै छ । तर, एमाले एक्लै पनि सफल हुन्छ भन्ने आत्मविश्वास राखेर चुनावमा जान्छ ।’

ओलीको प्रतिवेदनमा सत्ता गठबन्धनका कारण देशमा सङ्कट थपिएको आरोप लगाइएको छ । राष्ट्रिय राजनीतिलाई गलत दिशामा जानबाट रोक्न र राष्ट्रहितको रक्षा, लोकतन्त्रको सुदृढीकरणको लागि एमालेले निर्णायक भूमिका खेल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू