गृहमा बेलायती राजदूत,भारतीय दूतावासमा मीनेन्द्र

गृहमा बेलायती राजदूत,भारतीय दूतावासमा मीनेन्द्र

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच भएको भेटवार्तामा दुई मुलुकको आपसी सम्बन्ध थप प्रगाढ बनाउने र चुनावनिम्ति नेपाल प्रहरीलाई सघाउने विषयमा छलफल भएको छ ।

हिजो दिउँसो भएको शिष्टाचार भेटवार्तामा गृहमन्त्री खाँणले बेलायतले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । सन् २०१४–२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढिकरणका लागि एकीकृत कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न बेलायतको सहयोग महत्वपूर्ण रहेको मन्त्री खाँणले बताउनुभएको थियो ।

यता,भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालिन न्यायबारे चासो देखाउनुभयो । यसैवीच नेपालमा अग्निवीर र अग्निपथ भन्दै सैन्य भर्ती चल्न लागेको बेला हिजै दिउँसो लैनचौरमा भारतीय राजदूत भेट्न पूर्व रक्षा मन्त्री मीनेन्द्र रिजाल दूतावास छिर्नुभएको छ ।

टिप्पणीहरू