शीतल निवासमा सेनापतिसहितका जर्नेलहरु सामेल

शीतल निवासमा सेनापतिसहितका जर्नेलहरु सामेल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका वर्तमान र पूर्व जर्नेलहरूको भेला गर्नुभएको छ । विविध विषयमा छलफल गर्न राष्ट्रपतिले ती जर्नेलहरुलाई आज अपराह्न शीतल निवासमा निम्ता गरिएको हो ।

दिउँसो साढे ३ बजेदेखि ४०-५० जनाभन्दा धेरै जर्नेलहरू राष्ट्रपतिसँग छलफलमा छन् । राष्ट्रपति कार्यालयले उनीहरुलाई दिवाभोजको पनि व्यवस्था गरेको बताइएको छ । भेलामा प्रधानसेनापति प्रभुराम शर्मासमेत सहभागी रहनुभएको छ । पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा,पूर्व रथी बलदेवराज महत, पूर्वउपरथी हरिबहादुर बस्नेत लगायत १ देखि ३ तारेसम्मका पूर्व जर्नेलहरु सवा ३ बजेबाट छलफलमा जुटेका हुन् ।

संघीय संसदले प्रमाणीकरणका लागि पठाएको नागरिक विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि विवादमा पारिनुभएकी राष्ट्रपति भण्डारीले यसबारे विभिन्न सरोकारवालासँग छलफल गरिरहनुभएको छ । साउन २३ गते फिर्ता पठाइएको उक्त विधेयक जस्ताको तस्तै पुनः प्रमाणीकरणको लागि पठाउने तयारी भैरहेका बेला राष्ट्रपति थप छलफलमा सक्रिय हुनुलाई चासोका साथ हेरिएको छ । यसवीच सत्य निरुपणसम्बन्धी बिधेयक पनि सँसदमा दर्ता भएको छ,जसले द्वन्द्वकालिन घटनामा सम्लग्न सैनिकहरुलाई समेत छुन्छ ।

टिप्पणीहरू