अमेरिकामा भिषण आँधी,हवाई उडान अस्तव्यस्त

अमेरिकामा भिषण आँधी,हवाई उडान अस्तव्यस्त 

अमेरिकामा भिषण आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । टेक्सासदेखि पूर्वी तटसम्मको आँधीले हवाई उडानहरूलाई अवरुद्ध गरेको छ ।वासिंगटन पोस्टको रिपोर्टअनुसार १ हजार ४ सय ८५ उडान रद्द भएका छन् साथै ६ हजारभन्दा बढी ढिलाइ भएको छ।

अमेरिकाको प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकन,साउथ वेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको वासिंगटन पोस्टले जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडान ढिलो भएका छन् भने साउथ वेस्टका ४० प्रतिशत उडान प्रभावित भएको छ।

यसै गरी आँधीका कारण मौसम खराब भएपछि जेट ब्लु एयरलाइन्सको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।

टिप्पणीहरू