प्रचण्ड र माधव नेपालले एउटै घोषणा गर्ने

प्रचण्ड र माधव नेपालले एउटै घोषणा गर्ने

आगामी निर्वाचनको निम्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणा पत्र जारी गर्ने भएका छन् । हिजो बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको दुई घण्टा लामो छलफलमा उक्त सहमति जुटेको बताइएको छ ।
अध्यक्ष प्रचण्डका भानिज गोकुल भण्डारीको हात्तिवनस्थित अपार्टमेण्टमा भएको कुराकानीमा उक्त सहमति भएको जानकारी दिइएको छ । भेटघाटमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

तर,अध्यक्ष नेपालले गर्नुभएको उक्त सहमतिमा पार्टीका केही नेता तथा कार्यकर्ताको असहमति रहेको बताइएको छ ।

टिप्पणीहरू