सीट भागबण्डा मिलाउन बसेको गठबन्धन बैठक सकियो

सीट भागबण्डा मिलाउन बसेको गठबन्धन बैठक सकियो

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँटबारे छलफल गर्न दिउँसो ३ बजेदेखि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव,सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु सहभागी छन् ।

सीट बाँडफाँँट गर्न गठित कार्यदल टुंगोमा पुग्न नसकेपछि शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन् ।

टिप्पणीहरू