नहरमा डुबेर सप्तकोशीका बालकको निधन

नहरमा डुबेर सप्तकोशीका बालकको निधन

सप्तरीस्थित नहरमा डुबेर एक बालकको ज्यान गएको छ । सप्तकोशी नगरपालिका–२ सिद्दिपुरका राजकुमार रामका २१ महिने छोरा सन्दिप रामको घर नजिकै नहरमा डुबेर आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक खेल्ने क्रममा नहरमा बेपत्ता भएका थिए । फत्तेपुरबाट खटिएका प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोज्दै जाँदा सप्तकोशी नगरपालिका–८ सखुबनीस्थित नहरमा करिब चार घण्टापछि बालकलाई गम्भीर अवस्थामा फेला पारेका थिए ।

सन्दिपको स्वास्थ्य चौकी फत्तेपुरमा उपचारको क्रममा मृत्यु भएको बताइन्छ ।

टिप्पणीहरू