आफू जित्न होइन, एमालेलाई हराउन गठबन्धन : केपी ओली

आफू जित्न होइन, एमालेलाई हराउन गठबन्धन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउन नसक्ने भएपछि आठ वा १० दलीय गठबन्धन गर्न लागिएको आरोप लगाउनुभएको छ । आज गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त आरोप लगाउनुभएको हो ।

एमाले हराउन गठबन्धन ठूलो पार्दै लगिए पनि केही फरक नपर्ने उहाँको भनाइ छ । ‘जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ गतेको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ,’ उहाँले दाबी गर्नुभयो ।

गठबन्धन गर्ने राजनीतिक दलहरुलाई उहाँले कमजोरको संज्ञा दिनुभएको छ । ‘बलिया भएको भए किन जोडिन पथ्र्यो र, कमजोरहरू मात्रै गठबन्धन गर्छन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरू साँठगाँठ गर्दछन् । अपवित्र साँठगाँठको नाम नै गठबन्धन हो,’ उहाँको भनाइ छ ।

एमालेले सत्तामा बसेका पार्टीहरुको गठबन्धनमा कति वटा पार्टी सामेल भए त्यसबारे कुनै मतलब वा चासो नराख्ने अध्यक्ष ओलीले भन्नुभयो ।

टिप्पणीहरू