जाजरकोटबाट ताजा रिपोर्ट : सामुहिक रुकुम हत्याको छानबिन शुरु

जाजरकोटबाट ताजा रिपोर्ट : सामुहिक रुकुम हत्याको छानबिन शुरु

लकडाउनको वीच पत्रकारका नाममा अनेक थरी नयाँ रुप र रङ्गका मानिसको भीड र हल्लाले कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र दलका नेतावीच अविश्वासको स्थिति छ, छानबिन समितिले पनि जोगिँदै, छलिँदै हिंड्नुपरेको छ ।

रुकुम पश्चिमको चौरजहारी–८, सोतीगाउँ भेरी नदी आसपासमा भएको पाँच जना युवक हताहती घटनाको छानबीन शुरू भएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच जनाको छानबीन टोली हिजो जाजरकोट सदरमुकाम खलङ्गा पुगेको छ । हिजो काठमाडौंबाट दुईवटा गाडीमा गएको उक्त टोलीले पीडित परिवार र सम्बन्धित पक्षसँग सोधपुछ थालेको छ ।

भेरी नदी किनारमा मृत फेला परेका नवराज बिक र सदरमुकामस्थित अन्य दुई मृतकका परिवारसँग सिडियो क्वार्टरमा खाना खाएर गएको टोलीले अहिले भेट गरेको छ । एकजना युवा अझै बेपत्ता छन् । पाँचजनाको पोष्टमोर्टम गरिसकिएको छ तर,रिपोर्ट आइसकेको छैन ।

आफूहरूसँग सम्पर्क र कुरै नगरी नाम उल्लेख गरेर एउटा अखबारले समाचार लेखेबाट आफूहरूलाई दुःखी बनाएको पोस्टमार्टममा सम्लग्न चिकित्सक र सरकारी कर्मचारीले बताएका छन् । उता,समाचार सम्प्रेषणको नाममा युट्यबरले गरेको तथ्यहीन र बढाई चढाईंको समाचारका कारण को सङ्ग कति बोल्ने भनी स्थानीय पनि आतङ्कित छन् । लकडाउनको वीच पत्रकारका नाममा अनेक थरी नयाँ रुप र रङ्गका मानिसको भीड र हल्लाले कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र दलका नेतावीच अविश्वासको स्थिति छ, छानबिन समितिले पनि जोगिँदै, छलिँदै हिंड्नुपरेको छ !

टिप्पणीहरू