मधेश सरकारको धर्ना स्थगित

मधेश सरकारको धर्ना स्थगित

मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित गरेको छ । तीन दिनदेखि जारी धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

प्रदेशमा प्रहरी समायोजनको माग गर्दै अस्तिदेखि मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरुले धर्ना दिएका हुन् । उनले प्रदेश प्रमुखको कार्यालयअगाडि एक हप्तासम्म उक्त कार्यक्रम गर्ने चेतावनी दिएका थिए । तर, तीन दिन नबित्दै धर्ना कार्यक्रम फिर्ता लिइएको छ ।

पाँच वर्षसम्म चुपचाप बसेका प्रदेश सरकार निर्वाचन नजिकिएसँगै प्रदेश प्रहरी आफू मातहत राख्न प्रयासरत छन् । तर, संघीय सरकार प्रदेश सरकारले भनेजसरी प्रदेश प्रहरी समायोजन गर्ने पक्षमा देखिँदैन ।

यसअघि साउन २२ गते मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनको लागि सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।

टिप्पणीहरू