नागरिकता विवादमा एमाले नेताले मुख खोले

नागरिकता विवादमा एमाले नेताले मुख खोले

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाउनुभएको नागरिकता विधेयकमा सात वर्षे प्रावधान राख्न एमाले नेताले माग गरेका छन् । एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधानको माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राखिनुपर्ने माग गरेका हुन् । त्यसपछि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सन्देशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि सो विधेयकमा साझा धारणा तय गर्ने राम्रो अवसर भएको सचेतक भट्टराईको भनाइ छ । सबै दलहरु एकजुट भएर वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान राखेर पारित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भने, ‘संसदमा रहेका राजनीतिक दलहरु एक ठाउँमा उभियौँ, नागरिकता जस्तो संवेदनशील विषयमा विभाजित भएर होइन, हामी कित्ताबन्दीमा होइन, समाजलाई विभाजित गरेर होइन, एक ठाउँमा उभिएर पुनर्विचार गरौँ ।’

टिप्पणीहरू