सुर्खेतमा राति मोटरसाइकल चलाउन नपाइने

सुर्खेतमा राति मोटरसाइकल चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय, सुर्खेतले रातको समयमा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) चलाउन प्रतिबन्ध लगाएको छ ।

जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन रातको समयमा मोटरसाइकल सञ्चालन नगर्न प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको बताइन्छ । प्रशासनले रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल नचलाउन आग्रह गरेको हो ।

अस्ति राति भेरीगंगा नगरपालिकाका दुई जनाको जंगली जनावरको आक्रमणमा मृत्यु भएपछि प्रशासनले सूचना जारी गरेको हो ।

सोही विषयलाई लिएर हिजो मृतकका आफन्तले विभिन्न माग राखि राजमार्गको बबई क्षेत्रमा प्रदर्शनका साथै सडक अवरुद्ध गरेका थिए ।

त्यस्तै, दिनको समयमा समेत चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि मात्र भएर मात्र सञ्चालन गर्न सुरक्षा निकायले आ–आफ्नोअन्तर्गतका युनिटहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।

टिप्पणीहरू