सहकारीका उपाध्यक्ष तीन वर्षपछि समातिए

सहकारीका उपाध्यक्ष तीन वर्षपछि समातिए

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि समातिएका छन् । काठमाडौं महानगरपालिका २३ घर भइ हाल वडा नम्बर २७ मा बस्ने ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आज क्षेत्रपाटी ढल्कोबाट पक्रेको हो ।

उनी असनमा रहेको लिनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष हुन् । श्रेष्ठले पीडितलाई आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा पाउँदा पाउँदै खाली चेक दिएका थिए ।

उक्त चेकबाट रकम भुक्तानी नभएपछि परेको रिटमा श्रेष्ठविरुद्ध उच्च अदालत पाटनले २०७६ भदौ १ गते ३० दिन कैद र १० लाख रुपैयाँसहित जरिवानको फैसला सुनाएको थियो । त्यसयत्ता उनी फरार रहेका थिए ।

उनलाई आज नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालत पेश गरिएको हो । कैद भुक्तानको निम्ति आजै कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू