खुमलटारमा बैठक तारन्तार

खुमलटारमा बैठक तारन्तार

पछिल्लो राजनीतिक घटनाको विकासक्रमसँगै राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । सबैभन्दा धेरै भेटघाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ललितपुरको खुमलटारमा हुन थालेको छ ।

सोही क्रममा हिजो दाहाल निवासमा अध्यक्ष दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच बिहानै भेटवार्ता भएको समाचार बाहिरिएको छ । उहाँहरुबीच बिहान ७ बजेदेखि ८ बजेसम्म भेटवार्ता भएको थियो ।

त्यसपछि अध्यक्ष दाहालसँग अन्य नेताहरुसँग संयुक्त कुराकानी भएको थियो । केहीबेर अघि एक्लै भेटवार्ता गर्नुभएका भट्टराईसहित नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेल, माओवादी नेता वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्माबीच हिजो बिहान आधा घण्टा छलफल भएको बताइन्छ ।

टिप्पणीहरू