कुलोमा डुबेकी बालिका बितिन्

कुलोमा डुबेकी बालिका बितिन्

चितवनमा सिंचाईको ठूलो कुलोमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १६, एकता टोलका विमल केसीको छोरी संस्कृतिको आज बिहान निधन भएको हो ।

घर नजिकैको सिचाईक कुलोमा खसेपछि बालिका बगेकी थिइन् । केहीबेर पछि उनलाई तीन किलोमिटर टाढा फेला पारिएको थियो । अचेत अवस्थामा फेला परेकी बालिकालाई नजिकैको गुञ्जमानसिंह अस्पतालका चिकित्सिकले मृत घोषणा गरिदिएका थिए ।

शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको छ भने घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू