धनन्जयको खपत भयो धन,भोलाले एमालेमा क-कसलाई फर्काउने भए भसक्कै

धनन्जयको खपत भयो धन,भोलाले एमालेमा क-कसलाई फर्काउने भए भसक्कै

नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी छानबिन कमिटीको प्रतिवेदनमा किटानीसाथ आरोप लगाइए पनि निर्धक्कसँग जिम्मेवारी सम्हालिरहेका छन् । उनलाई तत्कालीन पर्यटन मन्त्री प्रेम आले र सरकार स्वयमले हटाउन खोज्दा पनि एमाले र एसद्वारा नियुक्त दुई जना बोर्ड सदस्यका कारण जोगिएको रहस्य खुलेको छ । उनलाई जोगाउन पहिले एमाले,बीचमा माधव नेपालको समाजवादी र अहिले एमाले छिरेका कर्मचारी नेता मरिमेटेर लागेको निजामती कर्मचारी वृत्तमा राम्रैसँग चर्चा हुन थालेको छ ।

गत साता कर्मचारी युनियन गठनको विषय बोकेर रेग्मीको कार्यकक्षमा भोला पोखरेललगायतको टोली पुगेको थियो । पोखरेल गत साता नै नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा प्रवेश गरेका हुन् । आफूले हिजो साउन २६ गतेभित्र ठूलै टोलीलाई एमालेमा प्रवेश गराउने भने पनि गत साता नै आधा दर्जनबढी कर्मचारी नेतालाई लिएर उनी त्यता गएका थिए ।

सोही क्रममा पर्यटन बोर्डमा एमाले निकट कर्मचारी संगठन बनाउने क्रममा केही अप्ठेरो उत्पन्न भएको विषय उठेपछि पोखरेल तीन चार जना कर्मचारी नेतालाई बोकेर रेग्मीलाई भेट्न गएका थिए । बोर्डमा अहिले काँग्रेसनेतृत्वको वाम बहुल कर्मचारी युनियन मात्र छ ।

धनञ्जय रेग्मीले कर्मचारी सरुवा गरेर छिन्नभिन्न पारेकाले एमाले युनियन गठन हुन नसकेको एमाले कर्मचारीहरुले बताएपछि पोखरेल त्यतातिर हान्निएको बताइन्छ । बोर्डमा जम्माजम्मी एक सय जना कर्मचारी छन् । तीमध्ये ट्रेड युनियनमा आवद्ध हुन मिल्ने कर्मचारीको संख्या ३५ जना रहेको बताइन्छ । त्यसमध्ये २५ देखि ३० जना त वामपन्थी विचारधाराका मात्रै छन् ।

पेशागत महासंघका श्याम पाण्डे,दुग्ध विकास संस्थानका दीपक सुवेदी,नरिश्वर ज्ञवाली,रञ्जना मास्केलगायतको नाम उनले च्यासलमा टिपाएका थिए ।

२५ प्रतिशत कर्मचारीले समर्थन गरेपछि ट्रेड युनियन गठन हुन्छ । बोर्डमा पनि एमाले युनियनको लागि ११ जनाले सही गरेका छन् । नौ जना भए पुग्नेमा ११ जनाले दस्तखत गरेर श्रम कार्यालयमा निवेदन दर्ता गराएका छन् । श्रम कार्यालयले दाबी विरोधको लागि बोर्डमा पठाएको पत्र रेग्मीले खल्तीमा हालेर दम्पच पारेपछि युनियन गठन हुन नसकेको कर्मचारीहरु बताउँछन् ।
त्यही कुुरो सुनेपछि भोला पोखरेलसहितको कर्मचारी टोली बोर्डमा पुग्दा रेग्मीले पोखरेललाई भव्य स्वागत गरेर कफी ख्वाएका थिए । कफी गफमा गफिँदै रेग्मीले भने,‘योगेश दाइले काम गर्न सक्छ भनेर मलाई यहाँ ल्याउनुभएको हो । मैले पनि राम्रै गरेको छु । पार्टी र स्वयम् योगेश दाइको निम्ति ज्यान दिन तयार छु ।’

रेग्मीको तारिफ सुनेपछि भोला बोल्न थालेको त्यहाँका बोर्ड उपाध्यक्ष चन्द्र रिजाल बताउँछन् । भोलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘हिजो अस्ति भएको भए भन्दिनथेँ । अहिले हामीलाई ट्रेड युनियन चाहिएको छ । अब बोर्डमा दर्ता गर्नुपर्यो,’ पोखरेलले युनियन दर्ताको कुरो निकालेपछि रेग्मी बोलेनन् । तर अन्तिममा कफी सकिएपछि ‘ल हुन्छ’ भनी कुरा टुंग्याएका थिए । आफैमा ब्यापारी रेग्मी पहिले काङ्ग्रेस कार्यकर्ता थिए ।

गफमा दुबै जना नरम हुनुको पछाडि केही महिनाअघि रेग्मीलाई आलेले हटाउन खोज्दा उनै भोलाले जोगाइदिनु मुख्य कारण रहेको स्रोतको दाबी छ । ‘अस्ति प्रेम आलेले निकाल्न खोजेको बेला जोगाइदिएका उनै भोलाले हुन् अनि किन कड्केर कुरा गर्थे ! दूधको साक्षी बिरालो बनेका हुन् उनीहरु,’ मन्त्रालय स्रोतले भन्यो ।

त्यतिबेला बोर्ड सदस्य मदन आचार्यले माइन्युटमा सही नगरेका कारण उनको पद जोगिएको थियो । अर्का एक जनाले पनि सही नगरेपछि बोर्डको निर्णय अल्पमतमा परेको थियो । नेकपा एकीकृत समाजवादी र तत्कालीन मन्त्री प्रेम आलेले रेग्मी हटाउने निर्णय गरेपछि समाजवादीकै कर्मचारी नेता पोखरेलले दोहोरो भूमिका खेलेर पार्टी र मन्त्रीको निर्णयलाई बेवारिस बनाइदिएको बताइन्छ ।

जबकि उनै मदन आचार्य समाजवादी अध्यक्ष माधवकुमार नेपालको जोडबलमा बोर्ड सदस्य नियुक्त भएका थिए । उनै माधवको मान्छेलाई भोलाले भुलाइदिँदा रेग्मी जोगिएका हुन् । बोर्डमा बहुमत पुग्न नदिने रणनीतिमा उनी लामो समय सक्रिय भएर लागेको बताइन्छ ।

दोहोरो रोल खेलेर आफूलाई जोगाइदिएवापत सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई अवकाश हुनु अघिल्लो दिन साउन ११ को मितिसम्म कोरिया लगेर लट्टीपट्टी पारे । कोरिया जाने समूहमा उनै बोर्ड सदस्य मदनसमेत थिए ।’

जबकि एमाले केन्द्रीय सदस्यका आकाँक्षी पुराना पर्यटन ब्यवसायी तथा बोर्ड उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा छानबिन कमिटी बनाइएको थियो । कमिटीले रेग्मीको क्रियाकलापलाई गलत ठहर गर्दै बोर्डबाट हटाउनुपर्ने रिपोर्ट बुझाएको थियो । तर एमालेकै बोर्ड सदस्यहरु आचार्य र निमा शेर्पाले दस्तखत नगरेपछि रेग्मी जोगिए ।

यसैबीच भोलाले हिजोसम्म भएभरका समाजवादी नेता तथा कार्यकर्तालाई एमालेमा भित्र्याउने घोषणा गरे पनि आज बिहानसम्म त्यस्तो कार्यक्रम सप्पन्न भएको देखिएन । उनले स्थानीय निकाय कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ,पूर्व सामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साहलाई जनैपूर्णिमाको अघिल्लो दिन एमालेमा लैजाने समयसीमा तोकेका थिए ।

त्यसैगरी लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा खटिएका प्रमोद शर्मा, टहल खड्काको पनि नामै किटेर एमाले अध्यक्ष उपस्थित कार्यक्रममा पोखरेललाई समेत एमालेमा छिराउने बताएका थिए । उनीहरुले केही नभनेको अवस्थामा भोलाले एकतर्फी रुपमा आफूले ल्याउँछु भनेको अन्य कर्मचारी नेताहरु बताउँछन् । मन्त्री हुन नपाएर छट्पटिएका एक जना नेताको छोरालाई एमालेमा ल्याउने पनि पोखरेलको दावी थियो ।
“भोलाले भन्न त एकीकृत समाजवादीनिकट महासंघका सबैलाई एमालेमा भित्र्याउँछु भनेका छन् । पेशागत महासंघका श्याम पाण्डे,दुग्ध विकास संस्थानका दीपक सुवेदी,नरिश्वर ज्ञवाली,रञ्जना मास्केलगायतको नाम उनले च्यासलमा टिपाएका थिए । ’ एमाले कर्मचारी संगठनका अधिकारीहरुले बताए ।

रेग्मी यतिसम्म चालु देखिएको भन्दै मन्त्रालयका कर्मचारीहरु थप्छन्, ‘दोहोरो रोल खेलेर आफूलाई जोगाइदिएवापत सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई अवकाश हुनु अघिल्लो दिन साउन ११ को मितिसम्म कोरिया लगेर लट्टीपट्टी पारे । कोरिया जाने समूहमा उनै बोर्ड सदस्य मदनसमेत थिए ।’

टिप्पणीहरू