नुहाउन गएकी बालिका पोखरीमा डुबिन् « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

नुहाउन गएकी बालिका पोखरीमा डुबिन्

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार १८:५०


सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको ज्यान गएको छ । बोदेबसाइन नगरपालिका ८ काचनस्थित राम दासकी छोरी नन्दनीकुमारी दास नुहाउने क्रममा पोखरीमा डुबेकी हुन् ।

पोखरीमा डुबेर गम्भीर घाइते भएकी बालिकाको उपचारको निम्ति स्थानीय अस्पतालमा लगिएको थियो । उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।

शवको मुचुल्का उठाइ पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक मााधवप्रसाद काफ्लेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !