श्रीलंकामा बत्ति बाल्नभन्दा निभाउन सहज

श्रीलंकामा बत्ति बाल्नभन्दा निभाउन सहज

श्रीलंकामा बिजुली महशुलको भाउ चर्को भएको छ । त्यहाँको राज्य सञ्चलित विद्युत निकायले विद्युत शुल्कमा २६४ प्रतिशतले वृद्धि गरेको छ । घाटामा रहेको सिलोन विद्युत बोर्ड सीईबीले नौ वर्षमा पहिलो पटक हिजोदेखि विद्युत शुल्कमा उच्चवृद्धि गरेको हो ।

बोर्डले बिजुली कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने निर्णय गरेको हो । जबकी धेरै बिजुली प्रयोगकर्ताका लागि भने महशुल थोरै बढाइएको छ ।

सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि आग्रह गरेको बताइएको छ । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरु बताउँछन् ।

शुल्क वृद्धिले ७८ लाख घर परिवारमध्ये कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी प्रभावित हुने बताइन्छ ।

टिप्पणीहरू