चुनावी रणनीति बनाउन एमाले नेता च्यासलमा जुटे

चुनावी रणनीति बनाउन एमाले नेता च्यासलमा जुटे

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । दिउँसो १२ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने गरि बैठक डाकिएको हो ।

बैठकमा आगामी मंसिरमा हुने संघ तथा प्रदेशको चुनावमा अपनाउने रणनीति र कार्य योजनाबारे छलफल हुने बताइएको छ । सचिवालयले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने सम्भावना छ ।

यसअघि एमालेले निर्वाचनलाई लक्षित गरेर सातै वटा प्रदेशमा पार्टी उपाध्यक्षहरूको नेतृत्वमा कार्यकर्ता प्रशिक्षण चलाएको थियो । आजको बैठकले त्यसको समीक्षासमेत गर्ने जनाइएको छ ।

टिप्पणीहरू