चीनको अनुदान मासिक औसत साढे २ अर्ब

चीनको अनुदान मासिक औसत साढे २ अर्ब

छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप सहयोगको घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणको क्रममा आर्थिक सहयोग सार्वजनिक गरिएको हो ।

तीन दिने चीन भ्रमणको लागि हिजो बिहान चीनको पूर्वी भागमा रहेको सान्तोङ प्रान्तको छिङताओ शहर पुगेको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ताको क्रममा उक्त रकम आगामी छ महिनाभित्र उपलब्ध गराइने वचन दिइएको छ ।

सन् २०२२ को लागि नेपाललाई दिने भनिएको रकम ८० करोड चिनियाँ युआन अर्थात् १५ अर्ब रुपैयाँ हो । योबाहेक दुई देशबीच स्थलमार्गबाट हुने व्यापार सुचारु गर्न प्रमुख नाकामा देखिएको अवरोधलाई हटाउने, संक्रमणको कारण नेपालमा रहेका विद्यार्थीलाई चीन लैजान पहल गर्ने सहमतिसमेत भएको छ ।

टिप्पणीहरू